धनगढी उप-महानगरपालिकामा तपाइलाई स्वागत छ l

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्धगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी नगरपालिकामा कूल १४ वडा रहेका छन् ।९० वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी नगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा उर्मा गा.वि.स. र खुटिया नदी अवस्थित छ, पश्चिममा मोहना नदी, उत्तरमा गेटा र बेलादीपुर गा.वि.स. र दक्षिणमा भारत तर्फको मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री न्यनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ ।