FAQs Complain Problems

धनगढी उप-महानगरपालिकामा तपाइलाई स्वागत छ l

धनगढी उप–महानगरपालिकाको एक संक्षिप्त परिचय

 नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । २६१.७५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा कैलारी गाउँपालिका छ भने पश्चिममा मोहना नदी, उत्तरमा गोदावरी र गौरिगंगा नगरपालिका र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो धनगढी नगरपालिका मिती २०७२।०६।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट धनगढी उप–महानगरपालिका रहन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौं देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । साल २०७८ को तथ्याङ्क अनुसार यस नगरपालिकाको कुल जनसंख्या २,०४,७८८ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।

स्थापना : २०३३ साल (उप–महानगरपालिका २०७२ असोज १ गते)

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः २६१.७५ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ७५० कि.मि. उचाईः १०९ मि.

जनसंख्या (२०७८ को राष्ट्रिय जनगणना अनुसार) जम्माः २,०४,७८८

राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला कैलाली,

संसदीय निर्वाचन क्षेत्र नम्बर ५ (संख्या 2), वडा संख्या १९

सिमाना पुर्वः कैलारी गाउँपालिका पश्चिमः मोहना नदी तथा कंचनपुर जिल्लाको सिमाना उत्तरः गोदावरी र गौरिगंगा नगरपालिका दक्षिणः मोहना नदी तथा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना