संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी नगरपालिकामा कूल १४ वडा छ र संसदीय निर्वाचन क्षेत्र नं ६ मा पर्दछ ।

९० वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी नगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा उर्मा गा.वि.स. र खुटिया नदी अवस्थित छ, पश्चिममा मोहना नदी, उत्तरमा गेटा र बेलादीपुर गा.वि.स. र दक्षिणमा भारत तर्फको मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३८ड्ढ र न्यनतम तापक्रम ७ड्ढ रहेको पाइन्छ ।

भौगोलिक अवस्थिति

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप

९० वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी नगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा उर्मा गा.वि.स. र खुटिया नदी अवस्थित छ, पश्चिममा मोहना नदी, उत्तरमा गेटा र बेलादीपुर गा.वि.स. र दक्षिणमा भारत तर्फको मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३८ड्ढ र न्यनतम तापक्रम ७ड्ढ रहेको पाइन्छ ।

साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या १,०२,९६० रहेको जसमा परुष संख्या ५३, ५३९ (५२%) र महिलाको संख्या ४९, ४२१ (४८%) रहेको पाइन्छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर ५% अनुमानित गरिएको छ । यहा कूल घर संख्या १५, १४१ रहेको जसमा १८, ०३६ परिवारको बसोबास रहेको तथ्यांकमा आधारित छ ।

प्रमुख चाडपर्व

विभिन्न समुदाय, जात जातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । तर पनि दशैं, तिहार, माघि, होली, गौरा, कृष्ण जन्माष्टमि, बकर इद, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।