धनगढी उप-महानगरपालिकामा तपाइलाई स्वागत छ l

धनगढी उप–महानगरपालिकाः एक संक्षिप्त परिचय नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२/०६/०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल २० वडा रहेका छन् । २३१.१९ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा हसुलिया र गदरिया गा.वि.स. छ भने पश्चिममा मोहना नदी, उत्तरमा अत्तरिया नगरपालिका र चौमाला गा.वि.स. र दक्षिणमा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो धनगढी नगरपालिका मिती २०७२।०६।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट धनगढी उप–महानगरपालिका रहन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौं देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल २० वडा र १ संसदीय निर्वाचन क्षेत्र रहेका छ । क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप २३१.१९ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको धनगढी उप–महानगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा यसको पूर्वमा हसुलिया र गदरिया गा.वि.स. छ भने पश्चिममा मोहना नदी, उत्तरमा अत्तरिया नगरपालिका र चौमाला गा.वि.स. र दक्षिणमा अन्तराष्ट्रिय रुपमा भारतको सिमाना तथा मोहना नदी रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ४५ डिग्री न्यूनतम तापक्रम ७ डिग्री रहेको पाइन्छ । साल २०६८ को तथ्याङ्क अनुसार यस नगरपालिकाको कुल जनसंख्या १,३७,६६६ रहेको जसमा परुष संख्या ६८,४२२ (४९.७०५) र महिलाको संख्या ६९,२४४ (५०.३०५) रहेको पाइन्छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९ अनुमानित गरिएको छ । यहाँ कूल घर संख्या २७,४०७ रहेको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।

स्थापना : २०३३ साल (उप–महानगरपालिका २०७२ असोज १ गते)

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः २०३१.१९ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ७५० कि.मि. उचाईः १०९ मि.

जनसंख्या (२०६८ को राष्ट्रिय जनगणना अनुसार) पुरुषः ६८४२२, महिलाः ६९२४४, जम्माः १,३७,६६६,

घरधुरी संख्याः २७४०७

राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला कैलाली,

संसदीय निर्वाचन क्षेत्र नम्बर ६ (संख्या १), वडा संख्या २०

सिमाना पुर्वः गदरिया र हसुलिया ग.बि.स. पश्चिमः मोहना नदी तथा कंचनपुर जिल्लाको सिमाना उत्तरः अत्तरिया नगरपालिका र चौमाला गा.वि.स. दक्षिणः मोहना नदी तथा अन्तर्राष्ट्रिय रुपमा भारतको सिमाना